घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

घोडाघोडी नगरपालिकाको गाडिमा आगजनी



विशाल पाण्डेय/कैलाली-

कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी भएको छ । नगरपालिकाको स्कारपियो गाडिमा रातिको समयमा अज्ञात समुहद्बारा आगजनी गरिएको हो ।

घरको कम्पाउड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नं को गाडिमा अज्ञात समुहद्बारा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

उक्त गाडी उपप्रमुखले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ ।

साथै संगै नगरप्रमुख चढ्ने गाडी रहेपनि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आउँदा अर्को गाडि क्षति हुनबाट जोगिएको छ ।