अभिभाबकद्धारा घोडाघोडीस्थित एक बिद्यालयमा तालाबन्दी ।। - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

अभिभाबकद्धारा घोडाघोडीस्थित एक बिद्यालयमा तालाबन्दी ।।



बिरेन्द्र शाह

रसुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ गणेशपुरमा रहेको सिता कुण्डा माध्यामिक बिद्यालयमा अभिभाबकहरुले आज ताला बन्दी गरेका छन । बिद्यालयमा बनेको नयाँ भवनमा पुराना इट्टा प्रयोग भएको, ५ वर्ष पहिला स्कुलले लगाएको माहायज्ञको आय व्यय सार्वजनिक नगरेको भन्दै अभिभाबकहरुले स्कुलमा तालाबन्दी गरेका हुन् ।

जब सम्म माग सुनुवाई हुदैन तब सम्म बिद्यालय पढन पाठन बन्द हुने अभिभावकहरुको भनाई छ । नयाँ भवन निमार्णको लागी जिल्ला शिक्षा कार्यलय बाट १६ लाख रुपैया आएको थियो । तर ! स्कुलले नयाँ भवन निमार्ण गर्दा तल तिरको भागमा पुरानो इट्टा प्रयोग भएको हुदाँ बिरोध गर्नु परेको अभिभावक झंकर बहादुर शाहले बताउनु भयो । स्कुलको पुरानो भवन भत्काएर त्यहाँ प्रयोग भएका पुराना इट्टाहरु अहिले नयाँ भवनमा प्रयोग गरीएको छ । धेरै वर्ष पुराना इट्टाहरु नयाँ भवनमा प्रयोग भएकाले त्यो भवन जोखीम युक्त भएको झंकर बहादुर शाहको भनाई छ ।

व्यवस्थापन समिति एक दम कमजोर भएको, प्रधान्यपाकले स्कुलमा ब्रह्रलुट मच्चाएको तथा आवश्यक कुरा कसैलाई पनि नसोधेर हरेक कुरा मनमाजी गरेको आरोप अभिबाबकहरुले ताला लगाएका छन । स्कुलमा अनियमिता भएको, पारदर्शी ढङगले चल्न नसकेको पनि आरोप अभिबाबकहरुको छ ।

यता सिता कुण्डा माध्यामिक बिद्यालय प्रध्यानापक रामदत्त अवस्थिले पुरानो भवन जिर्ण भएकाले समितिको निर्णय अनुसार भत्काएको भन्ने भनाई छ । पुरानो इट्टा राम्रो भएकाले गर्दा सबैको निणर्य अनुसार नयाँ बनेको भवनमा प्रयोग भएको बताउनु भयो । माहायज्ञको आय व्ययको बारेमा अभिभावकहरुले लगाएको आरोप गलत भएको उहाँको दाबि छ ।२०७१ साल जेष्ट १२ देखी १९ गते सम्म माहायज्ञ भएको र त्यसको १५ दिन पछि आय व्ययको बारेमा सार्वजनिक सुनुवाई भएको प्रध्यानापक राम दत्त अवस्थिको भनाई छ । दान दाताहरुले दिने कुरा ढिला भएकाले गर्दा त्योे रकम बिद्यालयको खातामा नआएको र अलगै खातामा जम्मा गर्ने परेको बताउनु भयो । बिद्यालयमा सरसफाइको बारेमा आफु निरन्तर लागेको बताउनु भयो ।

निमार्ण भएको नयाँ भवनको बारेमा सिता कुण्डा माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन बहादुर कुवँरले स्कुललाई केही पैसा बचत होस भन्नको व्यवस्थापन समितिको बैठक बसेर निर्णय गरी त्यही पुराना इट्टा प्रयोग गरेको बताउनु भयो । हामीले बिद्यालयमा हरेक कुराको बारेमा ध्यान दिई रहेको समस्या समाधान गर्न ताला बन्दी नभएर बार्ता छलफल बाट हुने अध्यक्षको भनाई छ । पढ्ने बिद्याथीहरुको मर्का बुझेर बिद्यालय खोल्न पनि उहाँले अभिभावकहरुले आग्रह गर्नु भएको छ ।