घोडाघोडी नगरपालिका -८ मा झाडापखालाका कारण डेढ वर्षिया शिशुको मृत्यु - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

घोडाघोडी नगरपालिका -८ मा झाडापखालाका कारण डेढ वर्षिया शिशुको मृत्यु



हिमाल पोस्ट
सुखड ,कैलाली । कैलालीको घोडाघोडि नगरपालिका- ८ दिपनगरमा झाडापखालाका कारण एक शिशुको मृत्यु भएको छ । बिहिवार बिहान डेढ वर्षिय शिशु प्रिन्सि चौधरीको मृत्युु भएको हो ।

बिहान करिब साढे पाँच बजेतिर अन्तिम अवस्थामा अस्पतालमा पुर्‍याएपछी शिशुको मृत्यु भएको घोडाघोडि अस्पतालका डाक्टर महमद अनुप शेखले जानकारी दिनु भयो । मौसम परिवर्तन सङ्गै झाडापखाला र रुघाखोकिका बिरामी संक्रमण बढेकाले सबैलाई खानपिनमा ध्यान दिन समेत आग्रह गर्नुभएको छ । गर्मियाम सङ्गै आउने हावाहुरीका कारण घोडाघोडी नगरपालिका क्षेत्रमा झाडापखालाका बिरामी बढेका छ्न ।फाइल तस्वीर :