घोडाघोडीमा हालसम्म १०२ जनाको कोरोना परिक्षण, रिपोर्ट नेगेटिभ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

घोडाघोडीमा हालसम्म १०२ जनाको कोरोना परिक्षण, रिपोर्ट नेगेटिभ



विशाल पाण्डेय / कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा १०२ जनाको र्‍यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरिएको छ ।

स्वास्थ्यकर्मीको निगरानीसहित नगरपालिकाले संचालनमा ल्याएको क्वारेन्टाइनमा बसेको व्यक्ति तथा अन्य व्यक्ति गरेर सोमबार साझसम्म १०२ जनाको (आरडिटि) किटबाट कोरोना भाइरसको परिक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

क्वारेन्टाइनमा स्वास्थ्यकर्मिको निगरानीमा बसेका व्यक्ति ,सुरक्षाकर्मी ,स्वास्थ्यकर्मी ,जनप्रतिनिधि तथा क्वारेन्टाइनमा काम गरि शंका लागेको व्यक्तिमा र्‍यापिड टेष्टमा कोराना परिक्षण गरिएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए । र्‍यापिड टेष्टमा कोराना परिक्षणगर्दा सबैको रिपोर्ट नेगेटिभ आएको रावतले जानकारी दिए ।

स्वास्थ्यकर्मिको निगरानीमा बसेकाहरुको र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि क्वारेन्टाइनवाट सोमबारसम्म ३३ जनालाई घर फर्काइएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिए । उनले क्वारेन्टाइनबाट घर फर्काइएपनि एक हप्ता घरमा अलग्गै बस्नको लागि आग्रह गरिएको जानकारी दिए ।

घोडाघोडी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट रिपोर्ट नेगेटिभ आएपछि यस अघि १७ जना तथा सोमबार १६ जनालाई घर फर्काइएको घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिए ।

त्यस्तै सोमबार नै काठमाडौं ,बुटवल ,नेपालगन्ज लगायतका विभित्र ठाउ बाट आएका ८ जना क्वारेन्टाइनमा राखिएको सिंहले जानकारी दिए । कोरोनाको कुनैपनि लक्षण देखा नपरेपनी केहिदिन क्वारेन्टाइनमा राखेर स्वास्थ परिक्षण गरि घर पठाउने बताउदै प्रशासकीय अधिकृत सिंहले क्वारेन्टाइनबाट गएकालाई वडाका जनप्रतिनिधि तथा स्वयंसेविकाहरुको निगरानिमा थप एक साता घरमा सेल्फ क्वारेन्टाइनमा राखिने जानकारी दिए ।

कोरोनाको रिपोर्ट नेगेटिभ आएको र परिवारका सदस्यहरूसँग लामो समयपछि भेंट हुने भन्दै क्वारेन्टाइनमा बसेकाहरुले खुशी व्यक्त गरेका छन् । सोमबार साझसम्म क्वारेन्टाइनमा ३८ जना रहेका र केहिदिन पछि उनिहरुको पनि स्वास्थ परिक्षण गरि घर फर्काइने नगरपालिकाले जनाएको छ ।