घोडाघोडी नगरपालिका- ७ मा वन अतिक्रमण, वन कार्यालयका टोलिद्बारा अनुगमन - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

घोडाघोडी नगरपालिका- ७ मा वन अतिक्रमण, वन कार्यालयका टोलिद्बारा अनुगमन



बिरेन्द्र शाह / सुखड ।

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ करैचा गाउँ तिरको जंगल अतिक्रमण भएको सुचना पाए पछि जिल्ला वन कार्यालयको टोलीले मंगलबार स्थलगत अनुगमन गरेको छ ।

स्थलगत अनुगमन टोलीमा जिल्ला वन कार्यालय कैलालीका प्रमुख अम्मर बहादुर बुलन, सेक्टर बन कार्यालय पहलमानपुरका शम्भु सिंह, इलाका वन कार्यालय सुखडका प्रतिनिधि,साडेपानि इलाका बन कार्यालयका प्रतिनिधि,जम्लेहेटा ,माहादेवा र माहालक्ष्मी सामुदाय बन उपभोक्ता समितिका पधाधिकारी र वडा नम्बर ७ का वडा अध्यक्ष धन बहादुर बमको टोली अतिक्रमण भएको ठाउँको स्थलगत अनुगमन गरेका हुन ।

अनुगमन टोलीले बर्दगोरी गाउँपालिका वडा नम्बर ६ को जम्लेहेटा सामुदाय बन घोडाघोडी नगरपालिका वडा नम्बर ३ को माहालक्ष्मी सामुदाय वन र वडा नम्बर ७ को माहादेवा सामुदाय वनको सिमानामा जग्गा अतिक्रमण गरी घर टहरा निमार्ण र जग्गा खरीद बिक्री गरेको अनुगमन टोलीले पाएको छ । अनुगमन टोलीले जहाँ जहाँ अतिक्रमण भएको छ त्यहा पुगेर फर्केको छ ।

वन जंगल अतिक्रमण भएको बारेमा बिभिन्न व्यक्तिहरु सगँ छलफल गर्दा पनि अतिक्रमणको उपभोक्ताका पधाधिकारीहरुले बताएका छन । बढी जसो राति राति वन अतिक्रमण हुने गरेको उनिहरुको भनाई छ । स्थलगत अनुगमन पछि जिल्ला वन कार्यालय कैलालीका प्रमुख अम्मर बहादुर बुलनले अतिक्रमण भएको साँचो भएको बताउनु भयो । आफुले तिन ओटै सामुदाय वन पधाधिकारीहरुलाई त्यहा भएको अतिक्रमण हटाउनको लागी निर्देशन दिनु भएको छ । सके सम्म एक हप्ता भित्र सार्वजनिक सुचना निकालेर सहमतिको आधारमा अतिक्रमण भएको ठाउँ हटाउन आफुले सामुदाय वनका पधाधिकारीहरुलाई निर्देशन दिएको बताउनु भयो । सहमति नभएको खण्डमा अन्तिम बिकल्प कानुन अनुसार डोजर लगाएर अतिक्रमण गरी निमार्ण गरीका घर टहराहरु हटाउने र सामुदायक वन क्षेत्र सिमानमा तार बार लागाउने उहाँको भनाई थियो ।

जंगल अतिक्रमण गरी घर टहरा बनाउने र जग्गा खरीद बिक्री गर्नैलाई कानुन बमोजिम कारबाही हुने जिल्ला वन कार्यालय कैलालीका प्रमुख अम्मर बहादुर बुलन बताउनु भयो । केही दिन अगाढी मात्र नेत्र विक्रम चन्द नेतृत्वको नेकपमा माओवादीले उक्त ठाउँमा गएर स्थलगत अनुगमन गरेको थियो ।