सरकारका प्रवक्ताले गरे कुलमान घिसिङलाई हटाउने संकेत - Himal Post Himal Post
  • ६ चैत्र २०८१, बिहीबार
  •      Thu Mar 20 2025
Logo

सरकारका प्रवक्ताले गरे कुलमान घिसिङलाई हटाउने संकेत



काठमाडौं- सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुन: नियुक्ति नगर्ने संकेत गरेका छन् ।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री खतिवडाले जवाफ दिंदै सामाजिक संजालले मात्रै नियुक्ति दिएको तर सरकारले नदिएको बताएका हुन् ।

‘उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन । सामाजिक संजालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा भएन’, उनले जवाफ दिने क्रममा भने,

खतिवडाले सरकारले यसबारेमा छलफल नगरेको बताउँदै औपचारिक प्रस्ताव समेत नआएको बताएका छन् । उनले भने, ‘तर मन्त्रिपरिषदमा औपचारिक प्रस्ताव पनि आएको छैन । त्यससम्बन्धि छलफल पनि केही भएको होइन ।’