गृहमन्त्री थापाको निजी सचिवमा डा. भट्टराई
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘वादल’को निजी सचिवको जिम्मेवारी उपसचिव डा. डिजन भट्टराईलाई दिइएको छ । डा. भट्टराई पहिले रोल्पाका प्रमुख जिल्ला अधिकारी थिए । उनको त्यहाँबाट सरुवा गरिएको हो । गृहमन्त्री थापाको सचिवालय, सल्लाहकारलगायत अन्य पदहरुको औपचारिक टुङ्गो लाग्न बाँकी छ ।
हरेक मन्त्रीहरुले आफ्नो निजी सचिवमा आफूअनुकूल निजामती कर्मचारी राख्ने चलन छ । डा. भट्टराईले आजबाटै गृहमन्त्रीको निजी सचिवालयको जिम्मेवारी सम्हालेको गृहमन्त्री थापाको प्रेस हेरिरहेका किरन भट्टराईले जानकारी दिए ।