प्रदेश ५ को राजधानीबारे बङ्ग्याएर नबुझ्न आग्रह - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

प्रदेश ५ को राजधानीबारे बङ्ग्याएर नबुझ्न आग्रह



कमल बिस्ट/अर्घाखाँची

प्रदेश ५ का प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले आफुले अर्घाखाँचीको स्थानिय रेडियोमा दिएको अन्तर्वार्तालाई आधार बनाएर समाचार सम्प्रेषण गर्ने अनलाइन र मिडियाहरुले खबरलाई बङ्ग्याएर सम्प्रेषण गरेको बताउनुभएको छ । हिमाल पोस्ट डटकम सङ्ग कुराकनि गर्ने क्रममा घिमिरेले तत्काल प्रदेश ५ को राजधानी सर्ने विषयमा कुनै प्रकारको बहस नभएको बताउदै यदि सर्ने अवस्था आएमा अर्घाखाँची जिल्लालाई फाइदा हुनेगरी सर्ने अवस्था आफुले देखेको बताउनु भयो ।

कुनै परिस्थितिमा सर्ने अवस्था आए भालुबाङ्ग क्षेत्र आसपास या बाणगङ्गा क्षेत्र आसपासमा सर्ने पर्याप्त आधार रहेको र राजधानी कुनै सानो गाउँ जस्तो नभाइ विशाल भुभागमा फैलिएको हुने हुँदा भालुबाङ्ग क्षेत्रमा सरेको खण्डमा अर्घाखाँचीको जलुके, लाहापे, सातमारा, लामातालको क्षेत्र समेत समेटिने गरि राजधानी बन्ने र कपिलवस्तुमा सर्ने अवस्था आए बाणगङ्गा क्षेत्र उपयुक्त रहेकोले अर्घाखाँचीको पावरा, डोहोटे , बिक्रमसोता लगायतका क्षेत्र समेत समेटिने पर्याप्त आधार रहेको उल्लेख गर्नुभयो ।

थप प्रसङ्ग जोड्दै घिमिरेले आफू प्रदेश सभा सदस्यमा बिजयी भएपछी आफू र पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले संयुक्त रुपमा प्रधानमन्त्रीलाई भेटी जिल्लाको बिकासको बिसयमा छलफल गर्दा प्रधानमन्त्रीले सालझण्डी देखि गोरुसिङ्गे सम्म मोर्डन सिटि बनाउन उपयुक्त क्षेत्र रहेको बताउनुभएकोले यी सबैकुराले अर्घाखाँचीलाई फाइदा पुग्ने आफुलाइ लागेको बताउनु भयो ।