घट्यो सुन - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

घट्यो सुन



काठमाडौं- सुनको मूल्य घटेको छ । धेरैदिन बढेर किर्तिमान नै बनाएको सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेपछि नेपालमा पनि घटेको हो ।

पछिल्लो समय निकै उतार चढाव देखिएको सुनको मूल्य मंगलबार पनि घट्ने अनुमान गरिएको छ ।

आइतबार बढेर प्रतितोला ७५ हजार पुगेको सुन सोमबार घटेर ७४ हजार ८ सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनको मूल्य ७४ हजार ५ सय कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण नेपाली बजारमा पनि घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ६० अमेरिकी डलर पुगेको छ।

यस्तै सोमबार नेपाली बजारमा चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भएको छ।