घट्याे कर ,वडाध्यक्षहरुले नै कर घटाउने अभियान चलाए - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

घट्याे कर ,वडाध्यक्षहरुले नै कर घटाउने अभियान चलाए



काठमाडौं । स्थानीय सरकारले कर बढाएको विरोध भइरहेको छ । तर पोखरा महानगरपालिकाका वडाध्यक्षहरुले भने कर घटाउने अभियान चलाउन थालेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २, ७, ९, १५ वडा कार्यालयले कर छुट गरिएको सूचना निकालेका छन् । वडाध्यक्षहरुले लेटरप्याडमै सूचना छापेर कर घटाइएको बताइएको छ ।

महानगरले निर्धारण गरेको कर वडाध्यक्षले फेरबदल गर्न नमिल्ने भए पनि वडाध्यक्षहरुले आफूखुशी कर घटाएका हुन् । पोखरा महानगर एकीकृत सम्पत्ति कर भने बढेको छ ।

कर पुनरावलोकन गर्न उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वमा समिति गठन भएको छ । समितिले १ साताभित्र अध्ययन गरेर प्रतिवेदन महानगरलाई बुझाउनेछ ।