२ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

२ हजार ५ सय लिटर घरेलु मदिरा नष्ट



देवानन्द न्यौपाने /लम्की, कैलाली ।

ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीले आज करीब २ हजार ५ सय घरेलु मदिरा नियन्त्रण लिएर नष्ट गरेको छ ।

प्रहरी निरीक्षक दिपेन्द्र कुमार खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ बल्चौर, गोराङे, चिसापानी र पितमारीका बिभिन्न स्थान बाट स्थानियले अबैध रुपमा मानव स्वाथ्यमा हानिकार पुग्ने गरि बनाउन लागेका घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ २ हजार लिटर र मदिरा ३ सय ३० लिटर, मदिरा बनाउन प्रयोग गरिने औषधी ५ किलो र मदिरा बनाउन प्रयोग गरीने भाडाकुडा ३४ थान नियन्त्रणमा लिएर स्थानिय जनप्रतिनिधि, समाजसेवि पत्रकारको रोहबरमा नष्ट गरीएको हो ।

अबैध रुपमा मानव स्वाथ्यमा असर पर्ने गरी बनाइएको मदिरा पिउन योग्य नहुने भएकाले आफुले यो अभियानलाई तिब्रता दिएको प्रहरी निरीक्षक खत्रीले बताउनु भयो ।