अब घरबाटै व्यक्तिगत प्यान नम्बर लिन सकिने, बायोमेट्रिक समेत लागु
काठमाडौं- सरकारले श्रावन १ गतेदेखि व्यक्तिगत प्यान नम्बर लिनका लागि सहज बनाएको छ । जसअनुसार राजस्व कार्यालय नगइकन पनि व्यक्तिगत प्यान नम्बर लिन सकिने छ ।
आजैका दिनदेखि लागु हुनेगरी आन्तरिक राजश्व कार्यालयले यस्तो ब्यबस्था गरेको हो । व्यक्तिगत प्यान लिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नागरिक एपसँग समन्वय गर्नुपर्ने छ ।
आन्तरिक राजश्व विभागका विभागका अनुसार कर तिर्ने प्रकृयालाई प्रभावकारी बनाउनका लागि बायोमेट्रिक प्रणाली समेत शुरु गरिएको छ । आजैका मितिदेखि बायोमेट्रिक प्रणाली समेत शुरु गरिएको हो ।
आजैदेखि विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि गरिएको विभागका महानिर्देशक कुँवरले बताए । सबै व्यवसायीक कोडलाई व्यवस्थित गर्ने नेपाल स्टाण्डर्ड इन्ड्रष्ट्रीयल क्लासिफिकेसन (एनएसआईसी) लागू भएको उनले बताए ।