घरायसी विवादमा श्रीमतीलाई कुटपिट, उपचारको क्रममा मृत्यु - Himal Post Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

घरायसी विवादमा श्रीमतीलाई कुटपिट, उपचारको क्रममा मृत्यु



सुनसरी– सुनसरीमा एक व्यक्तिले कुटेर आफ्नै श्रीमतीको हत्या गरेका छन्।

धरान उपमहानगरपालिका–५ देउराली बस्ने ४१ वर्षीय धर्म लिम्बुले श्रीमती ३५ वर्षीया अरुणा लिम्बुलाई कुटपिट गरी हत्या गरेका हुन्।धर्मलाई प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादमा धर्मले श्रीमतीलाई कुटपिट गरेका हुन्। गम्भीर घाइते भएकी अरुणालाई लाईफगार्ड अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।