कम्पनीको लापर्वाही- हाउजिङको घर बनाउँदा बनाउंदै भत्कियो
काठमाडौँ- मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले घर बनाउँदा बनाउंदै ढलेको छ । राति परेको पानीको कारण घर ढलेको जनाइएको छ ।
कम्पनीले बेच्नको लागि बनाएको यो घर सामान्य पानीले पनि ढलेपछि उनीहरूले गरेको खेलाँची उदाङ्गो बनेको छ । कम्पनीहरूले बेच्नका लागि कति सम्म कमजोर घर बनाने गरेका छन् भन्ने गतिलो उदाहरण यो घर बन्न सक्छ ।
जनतालाई करोडौँमा बेच्नको लागि तयार गरिएको यो घरको संरचना कमजोर भएर घर भत्किएको प्रारम्भिक अनुमान छ ।