घर ढल्दा दश जनाको मृत्यु
इन्दौर: भारतको मध्यप्रदेशमा शनिवार राती एक घर ढल्दा दश जनाको मृत्यु भएको छ ।
सरबटे बसपार्कमा एमएस नाम गरेको होटल रहेको घर ढलेको हो ।
राती साढे नौ बजे भएको घटनामा १० जनाको मृत्यु भएको छ
५० वर्ष पुरानो उक्त घर निकै जर्जर अवस्थामा रहेको र बाहिर पार्क भइरहेको एउटा कार ठोक्किँदा भवन ढलेको बताइएको छ ।
घटनामा दुई जना घाइत छन् । कैयन मानिसहरु अहिले पनि फसेको हुन सक्ने बताइन्छ । होटलमा बसेका यात्री र बाहिर हिँडिरहेका मानिस समेत घटनामा परेका छन् ।
घटनामा कुनै नेपाली परे नपरेको बारेमा केही थाहा हुन सकेको छैन ।