भूकम्पले घरहरु चर्किए
काठमाडौं- बुधबार एकाबिहानै ५ बजेर १९ मिनेट जाँदा भूकम्पको ठुलो झड्का महसुस भएको थियो ।
भूकम्पको धक्का संगै स्थानीयहरू त्रसित हुँदै घर बाहिर निस्किएका थिए ।
केहि स्थानीय हरूले ठुलो भूकम्पको धक्का महसुस भएको चर्चा गरिरहेका छन् ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।
भूकम्पले सिन्धुपाल्चोकका घरहरुमा सामान्य क्षति विवरण आए पनि मानवीय क्षती भए नभएको जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
भूकम्पले घरहरु चर्किएका छन् ।