अब घन्टाको हिसाबले तलब पाइने, यस्तो छ तयारी - Himal Post Himal Post
  • ३० कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 15 2024
Logo

अब घन्टाको हिसाबले तलब पाइने, यस्तो छ तयारी



काठमाडौं – अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ ।

यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

नयूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ ।

यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ ।