युएईमा भेटिए अफगानिस्तानबाट भागेका असरफ घानी - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

युएईमा भेटिए अफगानिस्तानबाट भागेका असरफ घानी



काठमाडौं- अफगानिस्तानका राष्ट्रपतिमा बहाल हुँदा देश छाडेर भागेका असरफ घानी भेटिएका छन् । तालिबानले अफगानिस्तान नियन्त्रण लिने लाग्दा विमानमा भागेका राष्ट्रपति घानी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको खुलेको छ ।

गत आइतबार मात्रै काबुलमा तालिबान लडाकुहरुले कब्जा गर्दै गर्दा देश छाडेर भागेका घानीलई यूएईले शरण दिएको सार्वजनिक गरेको छ । यूएईको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै मानवीयताको आधारमा राष्ट्रपति धानी र उनको परिवारलाई देशमा शरण दिएको बताएको छ।

अमेरिकाले उनको यो कदमको चर्को आलोचना गरेको थियो। अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने अमेरिकाको आरोप थियो।

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहीर अगबरले घानीले देश छाड्दा लगभग १६ दशमलव ९ करोड डलर आफूसँगै लिएर भागेको दाबी गरेका थिए। उनले घानीले आफ्नो देश र जनतासँग विश्वासघात गरेको बताएका थिए।