घनश्याम भुसालमाथि सूर्य थापाले लगाए गम्भीर आरोप - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

घनश्याम भुसालमाथि सूर्य थापाले लगाए गम्भीर आरोप



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालमाथि गम्भीर आरोप लगाएका छन् ।

एमालेका नेता समेत रहेका थापाले चुनाव जित्यो कि फुटमा सक्रिय हुने भुसालको यस्तो संयोग कि नियति भन्दै पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाएका छन्।

भुसालले जीवनमा दुई वटा मात्रै निर्वाचन जितेको र चुनाव जितिसकेपछि पार्टी विभाजन गर्न लागिपरेको देख्दा भुसालको नियती नै यस्तो भएको आरोप थाल्पाले लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घनश्याम भुसालजीले जीवनमा दुई वटा मात्रै निर्वाचन जित्नुभयो – २०५१ पछि उपनिर्वाचन जित्नुभयो र २०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपर्‍यो। २०७४ मा जित्नुभयो र पुस ५ पछि फेरि विभाजनमै जुट्नुभयो। चुनाव जित्यो कि फुटमा सक्रिय, संयोग कि नियति?’