एमालेको बैठकमा घनश्याम भुसालले ल्याए नयाँ प्रस्ताव - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

एमालेको बैठकमा घनश्याम भुसालले ल्याए नयाँ प्रस्ताव



काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले चुनावी एकतालाई लिएर पार्टीमा फरक मत राखेका छन् । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेता भूसालले कम्युनिस्टम पार्टीहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले वहुसंख्यक कार्यकर्ता र सदस्यहरूले कम्युनिस्ट एकता चाहेको हुनाले कम्युनिसंट पार्टीहरूको एकता आवश्यक रहेको प्रस्ताव गरेका छन् । भूसालले बैठकमा विभिन्न चार कारण पेस गर्दै कम्युनिस्ट गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

यसका लागि नेकपा एमालेले नै पहल गर्नुपर्ने पनि उनको भनाइ छ । एमाले वाम एकताको मूल प्रवाह भएकोले पनि यसले पहल गर्नुपर्ने उनको तर्क छ । साथै तत्कालीन नेकपा विघटनका सैद्धान्तिक तथा बैचारिक कारण नभएकाले गठबन्धन सम्भव रहेको उनको तर्क थियो।

स्थानीय तहको चुनावी माहोल सुरु भइरहँदा नेता भूसालले वाम गठबन्धनको प्रस्ताव अघि सारेका हुन् । उनले गठबन्धन मार्फत् निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्नुपर्ने बताएका थिए ।

नेकपा एमालेका अन्य नेताहरूले भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्न नहुने अडान राख्दैआएका छन् ।