घनश्याम भुषालले भने: सिद्धान्तका नाममा हाम्रो जीवन बर्वाद गर्न पाइन्न - Himal Post Himal Post
  • १७ माघ २०८२, शुक्रबार
  •      Fri Jan 30 2026
Logo

घनश्याम भुषालले भने: सिद्धान्तका नाममा हाम्रो जीवन बर्वाद गर्न पाइन्न



काठमाडौं–

नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालले सिद्धान्तको नाममा लाखौ नेता कार्यकर्ताहरुको जीवन बर्वाद गर्न नमिल्ने बताएका छन् ।

 एमाले निकट युवा संघले बिहीबार काठमाडौमा गरेको अन्तरक्रियाका क्रममा भुषालले यस्तो बताएका हुन् ।

‘सिद्धान्तका नाममा हाम्रो जीवन बर्वाद गर्न पाइन्न, पार्टी एकताको अवसर एक युगमा एकपटक आउने हो अहिले त्यो अवसर आएको छ यसबाट पछि हट्न हुन्न’ नेता भुषलको भनाई छ ।

जनताले एमाले माओवादी एकताका लागि अनुमोदन गरिसकेको भन्दै उनले अव घोषणा मात्र गर्न बाँकी रहेको बताए । ‘पार्टी एकता भएन भने नेताहरुले मुख देखाउन सक्ने अवस्था छैन, त्यसकारण पनि पार्टी एकीकरण गर्न सवै बाध्य बनका छन्’ भुषालको दावी छ ।

 उनले पार्टी पार्टी एकतापछि नयाँ विचार सुरु हुने भन्दै आफुले भनेको जवजको च्याप्टर क्लोज भसकेको दावी पनि गरे । ‘जवजले यहाँसम्म ल्याउने भनेको हो, ल्याइसक्यो, अव नयाँ विचार शुरु हुन्छ । दश कक्षा पास भैसकेपछि पनि १० कक्षाकै किताव बोक्छु भनेर कसैले बोक्दैन ।’

नेता भुषालले जननेता मदन भण्डारीकै योगदानका कारण नेपालका कम्युनिष्टहरु यो अवस्थामा पुगेको स्मरण गर्दै भण्डारीको योगदान समाजवादमा जाँदा पनि काम लाग्ने बताए ।