घनश्याम भन्छन्: हाम्राविरुद्ध 'सुकुलगुण्डा' शैलीमा अनर्गल प्रचार भयो - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

घनश्याम भन्छन्: हाम्राविरुद्ध ‘सुकुलगुण्डा’ शैलीमा अनर्गल प्रचार भयो



काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरूविरुद्ध अनर्गल प्रचार शुरू भएको बताएका छन् । उनले पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ शैलीमा आफूलगायतका नेताहरूमाथि दुष्प्रचार गरिएको बताएका छन् ।

माधव नेपाललाई छाडेर पार्टी एकतामा जान लागेको भन्ने हल्ला चलाएको भन्दै उनले यसबारे आपत्ति जनाए । भुसालले स्पष्टीकरण दिँदै एकताको कुरा गर्दा आत्मसमर्पणको रूपमा व्याख्या गर्ने समूह नै तयार भएको बताएका छन् । भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन पञ्चायत व्यवस्थाका ‘सुकुलगुण्डा’ जस्तै समूह खडा भएको त होइन भन्ने प्रश्न गरेका छन् ।

भुसालले भनेका छन्, ‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार शुरू भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रूपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रूपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’