अध्यक्ष लड्ने भनेका घनश्यामले दिए उपाध्यक्षमै उम्मेदवारी
चितवन। नेकपा एमालेको अध्यक्षमा लड्ने बताएका नेता घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । पार्टीको १०औँ महाधिवेशनमा उनले उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।
एमाले महाधिवेशनको उद्घाटन सत्र सकिएसँगै भुसालले उपाध्यक्षमा उठ्ने बताएका हुन् । उनले विभिन्न कार्यक्रमहरूमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने भन्दै आफूले अध्यक्षमा लड्ने बताउंदै आएका थिए ।
एमाले विभाजनसँगै माधव नेपालको साथ छाडेका नेताहरूमध्ये भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । योगेश भट्टराईले आफू सचिवमा नै दोहोरिने बताएका छन् ।