विश्वकपमा खराब प्रदर्शन: जर्मनी १५औं स्थानमा ओर्लियो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विश्वकपमा खराब प्रदर्शन: जर्मनी १५औं स्थानमा ओर्लियो



काठमाडौं – विश्वकपमा पहिलो चरणबाटै बाहिरिएपछि जर्मनी फिफा विश्व ¥यांकिङमा १५औं स्थानमा झरेको छ ।

विश्वकप शुरू हुँदा पहिलो स्थानमा रहेको जर्मनी १४ स्थान मुनि पुगेको हो ।

योआखिम लोको प्रशिक्षणमा रहेको जर्मन टोलीले विश्वकपको समूह चरणमा एक जीत र दुई हार बेहोरेको थियो ।

अन्तिम खेलमा उसलाई दक्षिण कोरियाले लज्जास्पद पराजयको स्वाद चखाएको थियो ।

इंग्ल्यान्ड भने विश्वकपको सेमिफाइनलमा पुगेकाले ६ स्थान माथि उक्लेर छैठौं बनेको छ ।

फाइनलमा फ्रान्ससँग हारेको क्रोएसिया १६ स्थान माथि उक्लिएर चौथो भएको छ ।

विश्वविजेता फ्रान्स भने ६ स्थान माथि उक्लेर पहिलो स्थानमा रहेको छ ।

बेल्जियम दोस्रो अनि ब्राजिल तेस्रो स्थानमा रहेका छन् ।

अर्जेन्टिना भने राउन्ड अफ १६ मा पराजित भएर बाहिरिएपछि ११औं स्थानमा रहेको छ ।

विश्वकप आयोजक रुस भने एकैचोटि २१ स्थान माथि उक्लिएर ४९औं स्थानमा रहेको छ भने इजिप्ट चाहिँ २० स्थान घटेर ६५औं बनेको छ ।

फिफाका शीर्ष दश टोली यसप्रकार छन् :
१ फ्रान्स
२ बेल्जियम
३ ब्राजिल
४ क्रोएसिया
५ उरुग्वे
६ इंग्ल्यान्ड
७ पोर्चुगल
८ स्विट्जरल्यान्ड
९ स्पेन
१० डेनमार्क

एजेन्सी