अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच.डब्लू बुशको निधन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एच.डब्लू बुशको निधन



अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रबार अबेर राती जारी गरिएको एक वक्तव्यमा उनको मृत्युबारे जानकारी दिइएको हो ।

उनका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाका ४३ औं राष्ट्रपति हुन् ।

‘९४ वर्षको उमेरमा हाम्रा अतिप्रिय बुवाको निधनले जेब, निल, मार्भिन, डोरो र मलाई निकै दुःखी तुल्याएको छ,’ उनका पूर्व राष्ट्रपति छोरा जर्ज डब्लू बुशले भने ।

उक्त वक्तव्य पारिवारका प्रवक्ता जिम म्याकगार्थले जारी गरेका हुन् । ‘जर्ज एच डब्लू बुश उच्च चरित्रका व्यक्ति थिए । एक छोरा र छोरीका लागि उनी अतिप्रिय बुवा पनि थिए । पूरा बुश परिवार ४१ औं राष्ट्रपतिलाई सम्मान र माया गर्ने, उनका लागि प्रार्थना गर्नेहरुका लागि, साथीभाइ र जनताको सहानुभूतीका लागि आभारी छ ।’

बुशको मृत्यु उनकी ७३ वर्षे श्रीमती बारबराको निधन भएको केही महिना पछि भएको हो ।

एजेन्सी