कसैले तोड्न नसकेको क्रिस गेलको त्यो कीर्तिमान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कसैले तोड्न नसकेको क्रिस गेलको त्यो कीर्तिमान



एजेन्सी – विश्वकप क्रिकेटको इतिहासमा सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने खेलाडीको कीर्तिमान वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । गेलले सन् २०१५ को विश्वकपमा उक्त कीर्तिमान बनाएका थिए । गेलले लिग चरणको जिम्बावेविरुद्घको खेलमा केवल एक सय ३८ बलमा दोहोरो शतक पूरा गरेका थिए । १४७ बलको सामना गरी १६ छक्का र १० चौकाको मद्दतले २१५ रन बनाएका थिए ।

उक्त खेलमा वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा दुई विकेट गुमाएर तीन सय ७२ रन बनाएको थियो । शून्य रनमै पहिलो विकेट खसेपछि गेल र मार्लोन सामुएल्स अविजित १३३ रनले ३७२ रनको साझेदारी गरेका हुन् । खेलमा वेस्ट इन्डिज ७३ रनले विजयी भएको थियो ।

सबैभन्दा कम बलमा दोहोरो शतक प्रहार गर्ने खेलाडीको सूचीमा न्युजिल्यान्डका मार्टिन गप्टिल दोस्रो स्थानमा छन् । उनले पनि सन् २०१५ कै विश्वकपमा वेस्ट इन्डिजविरुद्घ एक सय ५२ बलमा दोहोरो शतक प्रहार गरेका थिए । वेस्ट इन्डिजविरुद्घको क्वार्टरफाइनल खेलमा गप्टिलले एक सय ६३ बलको सामना गरी ११ छक्का र २४ चौकाको मद्दतले अविजित दुई सय ३७ रन बनाएका थिए ।