क्रिस गेलले बनाए नयाँ विश्व रेकर्ड - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

क्रिस गेलले बनाए नयाँ विश्व रेकर्ड



काठमाडौं- युनिभर्शल बोसका नामले चिनिने वेस्टइण्डिजका क्रिकेटर क्रिस गेलले टी २० क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्दै विश्व रेकर्ड बनाएका छन् । उनले एक हजार छक्का प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

न्युजिल्याण्डविरुद्ध सन् २००६ मा टी २० क्रिकेटमा डेब्यु गरेका गेलले विश्वका अधिकांश फ्रेन्चाईज टी २० पनि खेलेका छन् । इन्डियन प्रिमियर लिग आईपीएलमा किंग्स इलाभेन पञ्जावबाट खेलिरहेका गेलले आज राजस्थान रोयल्सविरुद्ध सात वटा छक्का प्रहार गरेपछि टी २० मा एक हजार छक्का प्रहार गर्ने कीर्तिमान बनेको हो ।

पहिलो विकेट पतन भएपछि क्रिजमा आएका गेलले आजको पहिलो छक्का वरुण अरुणको ओभरमा प्रहार गरेका थिए । यसैगरी दोस्रो छक्का उनले कार्तिक त्यागीलाई ४.३ ओभरमा प्रहार गरे । त्यसअघि र पछिको बलमा उनले चौका प्रहार गरेका थिए । तेस्रो छक्का गेलले श्रीयस गोपालको बलमा प्रहार गरेका थिए ।

चौथो र पाँचौं छक्का उनले राहुल तेवटियाको बलमा प्रहार गरेका थिए । उनले बेन स्टोक्सको बलिङमा छैटौं छक्का प्रहार गरेका थिए भने सातौं तथा टी २० को एक हजार औं छक्का कार्तिक त्यागीको बलमा छक्का प्रहार गरे । गेल ९९ रनमा आउट भए । उनले आज ६३ बलमा ९९ रन बनाएका हुन् । जसमा ८ छक्का तथा ६ चाैका प्रहार गरे । उनलाई जाेफ्रा आर्चरले बाेल्ड आउट गरेका थिए ।

यस्तै पञ्जावबाटै खेलेका निकोलस पुरनले पनि टी २० क्रिकेटमा २०० छक्का प्रहार गरेका छन् । उनले आज तीन छक्का प्रहार गर्दै २०१ छक्का बनाए ।