क्रिस गेल नै भए 'फेल' - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

क्रिस गेल नै भए ‘फेल’



काठमाडौं । इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र वेष्ट इन्डिज भिडिरहेका छन् ।

लिड्समा जारी खेलमा टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गरिरहेको छ ।

विश्वकपमा अन्तिम खेल खेलेका क्रिस गेलले भने निराश पारेका छन् । गेलले १८ बलमा ७ रनमात्र बनाएर ‘आउट’ भए ।

३९ वर्षीय गेलले आउँदो अगष्टमा भारतविरुद्ध हुने खेल खेलेर अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने बताइसकेका छन् ।

विश्वकपका ३४ खेलमा गेलले एक हजार १८६ रन बनाएका छन् । उनले सोक्रममा ४९ छक्कासमेत प्रहार गरेका थिए ।

जारी विश्वकपबाट बाहिरिएका दुवै टिमले प्रतिष्ठाका लागि अन्तिम खेल खेलिरहेका छन् ।

समूहका ८ खेलबाट अंक जोड्न नसकेको टोली अफगानिस्तान तालिकाको पुछारमा छ । ३ अंकमात्रै जोडेको वेस्ट इन्डिज पुछारबाट दोस्रो स्थानमा छ ।