यी हुन् रास्ट्रपति कार्यालयले गायव बनाएका महत्वपुर्ण सुचना - Himal Post Himal Post
  • १५ माघ २०८१, मंगलवार
  •      Tue Jan 28 2025
Logo

यी हुन् रास्ट्रपति कार्यालयले गायव बनाएका महत्वपुर्ण सुचना



काठमाडौँ- राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटबाट विवादित प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ति एकाएक हटाइएको छ ।

धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना राष्ट्रपति कार्यालयको वेबसाइटबाटै हटाइएको हो।

अहिले राष्ट्रपति कार्यालयको वेबसाइटमा पछिल्लो प्रेस विज्ञप्तिका रूपमा गत बैशाख ३१ गते अपरान्ह ४ बजेर ५३ मिनेट जाँदा अपलोड भएको ‘मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन तथा शपथ ग्रहण’ छ ।

राष्ट्रपति भण्डारीको कदमको चौतर्फी आलोचना भइहरको बेला त्यसलाई राष्ट्रपति कार्यालयको वेबसाइबाटै हटाएको हो।

शुक्रबार मध्यरातमा जारी गरिएका यी प्रेस विज्ञप्ति एकाएक राष्ट्रपति कार्यालयले वेबसाइटबाट हटाएको हो । विपक्षी दलहरू राष्ट्रपतिको निर्णय असंवैधानिक भन्दै आज सर्वोच्च अदालन जाने तयारीमा छन् ।

यी हुन् रास्ट्रपति कार्यालयले गायव बनाएका महत्वपुर्ण सुचना र विज्ञप्ति