बैठक सकियो: वामदेव गौतम पक्का, ओलीको उपचार भोलीबाट
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ । वामदेव गौतमको नाम सिफारिस भइसकेकोले यसमा छलफल नै गर्नुनपर्ने बताइएको छ ।
आइतबार बिहान बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य उपचारको बारेमा जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले भने, ‘सचिवालयको आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य उपचारको योजनाको बारेमा सचिवालयलाई जानकारी गराउनुभयो, यही बुधबार उहाँको मृगौलाको प्रत्यारोपणका लागि शल्यक्रिया हुने योजना बनाइएको छ ।
उहाँ भोलि नै अस्पताल भर्ना हुनुहुनेछ । त्रिवी शिक्षण अस्पतालमा उहाँको मृगौला प्रत्यारोपणको लागि शल्यक्रिया हुनेछ, श्रेष्ठले भने ।’
प्रवक्ता श्रेष्ठका अनुसार आइतबारको बैठकमा अन्य एजेन्डामा छलफल भएन । सचिवालय बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रवक्ता श्रेष्ठले राष्ट्रियसभामा मनोनयनको लागि वामदेव गौतमको नाम सिफारिस भइसकेकोले यसमा छलफल नै गर्नुनपर्ने बताए ।