ओली निकट भएकैले जागेश्वर गौतमले पाए अर्को नियुक्ति - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

ओली निकट भएकैले जागेश्वर गौतमले पाए अर्को नियुक्ति



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेकै कारण डा. जागेश्वर गौतमले अर्को नियुक्ति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका उनले अर्को नियुक्ति पाएका हुन् ।

गौतम सोमबार मात्रै कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम नियुक्त भएका छन् । उनले त्यहाँको जिम्मेवारी भने मंगलबाट बाट सम्हाल्ने भएका छन् ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई सरकारले सोमबार वीरमा नियुक्त गरेको बताइएको छ। उनले मंगलबारदेखि वीरमा कार्यभार सम्हाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डा. गौतम यसअघि परोपकार प्रसुति गृहको निर्देशकको रूपमा ७ वर्ष जिम्मेवारी सम्हालेका थिए ।