राष्ट्रपतिले गरिन वामदेवलाई राष्ट्रियसभामा मनोनित: कार्यकाल ६ वर्ष हुने - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

राष्ट्रपतिले गरिन वामदेवलाई राष्ट्रियसभामा मनोनित: कार्यकाल ६ वर्ष हुने



काठमाडौँ- राष्ट्रियसभामा पठाउने निर्णय गरेपछि पनि निकै उतार चढावका बीच नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेकी छिन्।

सरकारले बुधबार गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले गौतमलाई मनोनित गरेको बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

निकै धेरै पटक गौतमलाई संसद छिराउन गरिएको प्रयत्नपछि उनि लामो समयका लागि राष्ट्रियसभामा मनोनित भएका छन् । २०७४ सालको प्रतिनिधिसभा सदस्य चुनावमा गौतम बर्दियाबाट पराजित भएका गौतम दर्जनौं प्रयासपछि राष्ट्रियसभाको सदस्य बन्न सफल भएका हुन्।

मन्त्रपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नेक्रममा मगंलबार सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेता गौतमको मनोनयनबारे समय आएपछि जानकारी भइहाल्छ नी भनेर अस्पिष्ट उत्तर दिएका थिए।

गौतमको पदावधि ६ वर्षको हुने छ।