गौतम गम्भीरले हाले केजरीवाललाई मुद्दा - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

गौतम गम्भीरले हाले केजरीवाललाई मुद्दा



नयाँ दिल्ली: पूर्वी दिल्ली क्षेत्रबाट लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका भारतीय जनता पार्टीका उम्मेदवार क्रिकेटर गौतम गम्भीरले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन्।

पूर्वी दिल्ली क्षेत्रबाट केजरीवालको आम आदमी पार्टीकी उम्मेदवार आतिशी मर्लेनाले आपत्तिजनक पर्चा वितरण गरेको आरोप लगाएपछि गम्भीरले केजरीवालसहित उप मुख्यमन्त्री मनिष सिसोदिया र आतिशीलाई पनि मानहानीको मुद्दा लगाउँदै नोटिस पठाएका छन्।

आतिशीले निर्वाचन प्रचारका क्रममा गम्भीरले आफूविरुद्ध अभद्र टिप्पणी लेखिएको पर्चा वितरण गरेको दाबी गरेकी थिइन्। आतिशीले त्यस कार्यविरुद्ध दिल्लीको महिला आयोगमासमेत उजुरी दिइसकेकी छिन्।

तर गम्भीरले भने आफूले त्यस्तो कुनै पर्चा वितरण नगरेको भन्दै आरोप प्रमाणित भए उम्मेदवारी फिर्ता लिने बताएका छन्।

सिसोदियाले गम्भीरले क्रिकेट खेलेर देशको नाम राख्दा आफूहरुलाई गौरव महसुस भएको तर अभद्र पर्चा वितरण गरेको कार्यले लाज भएको प्रतिक्रिया दिएका थिए।

गम्भीरले आफूविरुद्ध गलत आरोप लगाएको भन्दै आरोप प्रमाणित नभए आम आमदी पार्टीका नेताहंलाई राजनीति छाड्न चेतावनीसमेत दिएका छन्।