क्रिकेटर गौतम गम्भीर नरेन्द्र मोदीको पार्टीबाट चुनाव लड्ने तयारी - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

क्रिकेटर गौतम गम्भीर नरेन्द्र मोदीको पार्टीबाट चुनाव लड्ने तयारी



काठमाडौं । भारतका चर्चित क्रिकेटर गौतम गम्भीर दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा छन् । तर पनि उनी चर्चामै छन् । हालसम्म उनी क्रिकेटकै कारण चर्चित थिए भने अब उनी राजनीतिक कारण भारतमा चर्चाको शिखरमा छन् ।

२ वर्षदेखि भारतीय राष्ट्रि टिममा नरहेका गौतम छिट्टै नै भारतीय जनता पार्टी (भाजपा) को तर्फबाट राजनीतिमा छिर्न लागेको चर्चा बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी भाजपाका तर्फबाट दिल्लीबाट चुनाव लड्न सक्ने तयारीमा रहेका छन् ।

भारतको राजधानी दिल्लीमा आम आदमी पार्टीको सरकार छ । गएको विधानसभा चुनावमा ७०मध्ये ३ सिटमात्रै जितेको बीजेपीले गौतम गम्भीरलाई एक खास उम्मेदवारको रुपमा टिकट दिन चाहेको बताइएको छ ।

गम्भीरले भारतका लागि ५८ टेस्ट, १४७ वान-डे, ३७ टी-२० म्याच खेलेका छन् । यसका साथै उनले आईपीएलमा १५४ म्याच खेलेका छन् । आईपीएलमा कोलकाता नाइटराइडर्सले उनको कप्तानीमा दुई पटक उपाधि पनि जितेको छ ।

पछिल्लो संस्करणको आईपीएलमा भने गौतम गम्भीर दिल्ली डेयरडेभिल्समा आवद्ध थिए । तर प्रतियोगितामा अपेक्षित नतिजा नआएपछि उनले टिमको कप्तानबाट राजीनामा दिएका थिए । चर्चामा आएका छन् । उनी भारतीय टिमका ओपनिङ ब्याट्सम्यान हुन् । -एजेन्सी