गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निरीक्षण गर्न पुगे मन्त्री भट्टराई

बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आज रुपन्देही आएका छन् ।भट्टराई मन्त्री भएपछी पहिलो पटक रुपन्देही आएका हुन् । उनलाई भैरहवामा प्रदेश सभाका सदस्यहरु, नेकपामा नेताहरु, लुम्विनी बिकास कोषका पदाधिकारी लगायतले स्वागत गरेका थिए
मन्त्री भट्टराईले रुपन्देही आउनासाथ भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तरराष्टिय बिमानस्थलको निरीक्षण गरेका छन् । उहालाई बिमानस्थल आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीले बिमानस्थल निर्माणमा भइरहेको प्रगति र बाकि कामका सम्वन्धमा जानकारी गराए ।
भट्टराई लुम्विनी बिकास कोषको बैठकमा सहभागि हुन र यस क्षेत्रका बिकास परियोजनाका सम्वन्धमा जानकारी लिन रुपन्देही आएका हुन् ।

