कैलाली भ्रमण वर्षको लागि गौरिगंगा नगरपालिकाको तयारी
कैलाली
कैलाली भ्रमण वर्ष २०७५ को कार्यक्रम सफल बनाउन गौरिगंगा नगरपालिकाले तयारी गरेको छ ।
कैलाली भ्रमण वर्ष २०७५लाई सफल बनाउन गौरिगंगा नगरपालिकाको लिक्मामा यहाँको भाषा संस्कृति र परम्पराको प्रदर्शन सहित पाहुनालाई स्वागत सम्मान गरिने छ । भने वडा नं १ चौमालामा रहेको मोहन्याल मन्दिरमा अवलोकन गर्ने कार्यक्रम तय भएको देउवाले जानकारी दिनुभएको थियो ।
२२ गते कर्णाली चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमण वर्षको तयारीका लागि आज नगर प्रमुख भीम बहादुर देउवाको संयोजकत्वमा नगर मूल समारोह समिति गठन गरिएको छ । २३ गते गौरीगंगा नगरपालिकाको वडा नं ८ लिक्मामा हुने स्वागत तथा सम्मान कार्यक्रमको लागि ४ वटा उप समिति समेत गठन गरिएको छ । कैलाली भ्रमण वर्ष सफल बनाउन नगर उप प्रमुख अंचला चौधरीको संयोजकत्वमा स्वागत सम्मान समिति, बडा नं ७ का वडा अध्यक्ष दीपक कुमालको संयोजकत्वमा गेट निर्माण समिति, नगर कार्यपालिका सदस्य हंस नेपालीको संयोजकत्वमा संस्कृति समिति र वडा नं ५ का वडा अध्यक्ष जङ्ग बहादुर वि.क.को संयोजकत्वमा मञ्च व्यवस्थापन समितिको आज गठन गरिएको थियो ।
कैलाली भ्रमण वर्ष सफल बनाउन २३ गते गौरीगंगा नगरपालिका मन्त्री राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सरकार तथा मन्त्री र प्रदेश सभा सदस्य हरूको सहभागिता रहने कार्यक्रम रहेको नगर प्रमुख भीम बहादुर देउवाले जानकारी दिनुभएको छ ।