गौरीगंगामा विपद् व्यवस्थापन समिति गठन
घनश्याम पौडेल / मसुरिया,कैलाली ।
गौरीगंगा नगरपालिकामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । नगर प्रमुख भिम बहादुर देउवाको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हो।
सामाजिक विकासका लागि सचेत समाज कैलाली र वल्ड भिजन ईन्टरनेसनल नेपाल द्वारा संचालित विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत नगरपालिकाको सहकार्यमा नगरमा विपद् व्यवस्थापनको लागि समितिको गठन गरिएको हो ।
कार्यक्रमको उद्देश्यमाथि परियोजना संयोजक भरत वि.क. ले प्रस्तुत गरेका थिए। सचेत समाजका अध्यक्ष बलबहादुर शिलाधरले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन जोखिम न्यूनीकरण अधिकृत क्रीम चौधरीले गर्नु भएको थियो ।