गौरीगंगा नगरलाई काङ्ग्रेसको २५ क्विन्टल चामल सहयोग

कैलाली । नेपाली काङ्ग्रेस गौरिगङ्गा नगर समितिले नगरपालिकालाई एक सय कट्टा चामल प्रदान गरेको छ ।
नगर संयोजक काशीराम शर्मा र उप संयोजक हिरा सिंह बडैलाले नगर प्रमुख भिम देउवा र प्रमुख प्रशासकिय अधिकृत भक्त राज जोशी लाई २५ क्विन्टल (१०० बोरा) चामल आज हस्तान्तरण गरेका छन् ।
सो चामल विपन्न र समस्यामा परेका बर्गलाई सहयोग प्रदान हुने विश्वास सहित अागामी दिनमा अाउने समस्याको समाधान गर्न नगरपालिकालाई साथ रहने नगर संयोजक काशीराम शर्माले बताए ।
कोभिड-१९ को राेकथाम तथा नियन्त्रण कार्य लामो अवधि सम्म लकडाउन भएका कारण नगरका गरिब,निमुखा र मजदुरबर्गहरुको जीवनयापन कार्यमा प्रत्यक्ष असर पारेको हुँदा ती समुदायलाई सक्दो सहयोग पुर्याउने उदेश्यले नेपाली कांग्रेस गौरीगंगा नगरकार्य समितिले चामल सहयोग गरेको नगर सचिव हेमन्तराज जोशीले जानकारी दिए ।
चामल उपलब्ध गराएकोमा नगर प्रमुख भिम देउवाले धन्यवाद दिएका छन् ।

