चौकी आक्रमण प्रयासबारे गाउँलेको बयान यस्तो छ - Himal Post Himal Post
  • १९ कार्तिक २०८१, सोमबार
  •      Mon Nov 4 2024
Logo

चौकी आक्रमण प्रयासबारे गाउँलेको बयान यस्तो छ



काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले गएराति जिल्लाको महाकुलुङ गाउँपालिका ३ छेस्काममा प्रहरी चौकी कव्जा गर्ने प्रयास गरेको छ ।

प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेपनि दिँउसै सूचना पाएको प्रहरीले चौकी छोडेको भागेको स्रोतले जानकारी दियो । ‘चौकी आक्रमण गर्नका लागि त्यही गाउँपालिकाको अर्को वडामा केही दिन यता नयाँ अनुहार भएका मानिसहरुको आवतजावत बढेको सूचना आएको थियो’ स्रोतले भन्यो,‘त्यसपछि प्रहरीले सक्रियता बढाएको थियो । आइतबार राति चौकी आक्रमण हुनसक्ने सूचना पाएपछि प्रहरी चौकी छोडेर हिँडेको थियो ।’

स्थानीयले भने तीन नम्बर वडामा रहेको छेस्काम चौकी आक्रमण गर्न खोजेको समाचार आएपछि छाँगाबाट खसेजस्तो भएको बताएका छन्, पहिला त यो बारे शंका नै नभएको पनि उनीहरुले बताए ।

स्थानीयले भने निकै दिनदेखि नयाँ मान्छेको चहलपहल थियो  नयाँ मानिसहरुको चहलपहल बढेपछि सुरक्षा सुरक्षा सक्रियता बढाइएको रहेछ तर हामीलाई त्यो बारे शंकानै थिएन । त्यहाँ स्थानीय प्रहरीले भने यसबारे बोल्न चाहेको छैन । फाइल तस्बिर