गाउँलाई प्रतीक्षालय उपहार ।
गुल्मीमा विदेशिएका युवाहरुले गाउँलाई प्रतिक्षालय उपहार दिएका छन् । पिपलधाराको उदिनाबाट विदेशका विभिन्न ठाउँमा छरिएका युवाहरुले सामाजिक संजाल मार्फत यो अभियान सफल पारेका हुन् ।
छिमेकी जिल्ला अर्घाखाँची र धुर्कोट गाउँपालिका जोड्ने मोटरबाटोमा यात्रुहरुले समस्या भोगेको देखेर प्रतिक्षालय बनाएको युवाहरुले बताएका छन् । “हाम्रो जनजागरण उदिना विश्व संजाल” भन्ने ग्रुपबाट रकम सङ्कलन गरी २ लाख ५० हजारमा उक्त प्रतिक्षालय निर्माण गरेको उनीहरले जानकारी दिए ।
आफ्नो गाउँ आफै बनाउ भन्दै उनीहरुले यो अभियानको थालनी गरेका थिए ।संस्थाले यो बाहेक अन्य धेरै सामाजसंग सम्बन्धित काम गरिरहेको छ ।
यो बाहेक उनीहरुले गाउँमा अन्य अत्याबस्यक सहयोग गर्ने योजना बनाएको पनि बताए ।