ज्यान गुमाएकी महिलाको घर र माइती गाउँ सिल - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ज्यान गुमाएकी महिलाको घर र माइती गाउँ सिल



काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको घर र माइती गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ।

ती क्षेत्रमा रहेका स्थानीयलाई बाहिर जान र बाहिरकालाई त्यहाँ आउन प्रतिबन्ध लगाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सिन्धुपाल्चोकबाट युवराज पुरीले लेखेका छन्।

संक्रमण फैलिन सक्ने आशंकामा मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका ९ राम्चे र माइत बलेफी गाउँपालिका ७ र ८ लाई सिल गर्ने निर्णय गरिएको हो।

जिल्ला विपद व्यवास्थापन समिति अन्तर्गतको कोभिड १९ व्यवस्थापन समितिको बैठकले शनिबार तीन वाडासहित सामान्य परीक्षण गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

बलेफी ८ का वाडाध्यक्ष चरीबहादुर तामाङले बाह्रबिसे ९ का बासिन्दासँग मेलापर्व चल्ने भएकाले वडा सिल गरिएको बताए।