अर्घाखाँचीका गाउँगाउँका प्रहरीचौकीलाई मोटरसाईकल - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

अर्घाखाँचीका गाउँगाउँका प्रहरीचौकीलाई मोटरसाईकल



घनश्याम पौडेल/सन्धिखर्क। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले गाउँगाउँका प्रहरी चौकीलाई मोटरसाईकल हस्ताँतरण गरेको छ । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट प्राप्त मोटरसाईकल बुधबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा एक कार्यक्रमको आयोजना गरी प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले हस्तान्तरण गरे ।

गाउँगाउँमा प्रशस्त मोटरबाटाहरु भएसँगै गाउँमा घटेका घटनाहरुमा तु्रुन्त पुग्न तथा जिल्लामा शान्ती सूरक्षामा कायम ल्याउँन मोटरसाईकल वितरण गरीएको हो ।

गत ६ महिना अगाडी जिल्लाका ७ प्रहरी चौकीमा मोटरसाईकल हस्तान्तरण गरियो, बाकी रहेका धारापानी, ढाकावाङ्ग, विहार, बल्कोट, ठाडामा बजाज कम्पनीको वितरण गरिएको कोईरालाले जानकारी दिए । जिल्लाभरका सवै चौकीहरुमा मोटरसाईकल छन, पाली प्रहरी चौकीलाई पाणिनी गाउँपालिकाले सहयोग

ग¥यो, १३ चौकीमा नै मोटरसाईकल पुर्ण भए कोईरालाले भने ।
मोटर साईकल प्रहरी चौकीलाई हस्तान्तरणमा कोईरालाले आफनो क्षेत्रको शान्ती सूरक्षा कायम राख्नमा थप सहयोग पुगेको बताउँदै मोटरसाईल सही ढंगले प्रयोग गर्न निर्देशन गरे ।