शुक्रबार हुनेभो गठबन्धनले दायर गरेको रिटमाथि सुनुवाई - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

शुक्रबार हुनेभो गठबन्धनले दायर गरेको रिटमाथि सुनुवाई



काठमाडौं- राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले हालेको रिटको सुनुवाई शुक्रबार हुने भएको छ । सोमबार गठबन्धनका १४६ सांसद उपस्थित भएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध प्रतिनिधिसभाका बहुमत सांसदले सोमबार सशरीर अदालतमा उपस्थित भएर दायर गरिएको रिटमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका माग गरिएको छ ।

सर्वोच्च अदालतमा कुल २८ वटा रिट दायर भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा चारवटा रिट दर्ता भएका छन् । बाँकी २४ रिटहरु ओलीको विरुद्धमा छन् ।

आज मंगलबार सबै रिटहरु कम्युटरमा इन्ट्री हुने, बुधबार बुद्ध जयन्ती सार्वजनीक बिदा, बिहीबार संवैधानिक इजलास नबस्ने हुनाले १४६ सांसदको रिटसहित ९ वटा रिटको पहिलो पेशी सम्भवतः शुक्रबारमात्रै हुने अदालत प्रशासनले जनाएको छ ।