स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहने, शिर्ष नेताबीच सहमति - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन कायम रहने, शिर्ष नेताबीच सहमति



काठमाडौँ- सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेका बेला पाँच दलका शिर्ष नेताबीच सहमति भैइसकेको खुलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा नेपाल स्थानीय निर्वाचनमा मिलेर जाने सहमति भैसकेको जनाइएको छ ।

सरकारले बैशाख ३० गते नै एकैचरणमा देशभर निर्वाचन गर्ने निर्णय गरेलगत्तै पाँच दलीय गठबन्धनमा मिलेर चुनावमा जाने सहमति भैसकेको गठबन्धनकै एक नेताले बताए । ति नेताले हिमालपोस्टलाई दिएको जानकारी अनुसार गठबन्धनका नेताहरूकै सहमतिमा बैशाख ३० मै निर्वाचन घोषणा गर्ने सहमति बनेको थियो ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ३० मै निर्वाचन घोषणा गर्न प्रस्ताव लगेका थिए । उनको प्रस्ताव अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवा चुनावको मिति घोषणा गर्न सहमत भएका थिए । स्थानीय निर्वाचनमा
गठबन्धन कायम राख्ने सहमति भएपनि कसलाई कसरी बाँड्ने भन्ने टुङ्गो लाग्न भने बाँकी छ ।

एमसीसीका कारण भएको खटपटका कारण गठबन्धन टुट्ने हल्लाबिच नेताहरूले निर्वाचनमा मिलेर जाने सहमति गरेपछि गठबन्धन तोड्ने एमएको अर्को अस्त्र पनि समाप्त भएको ति नेताको दाबी छ । उनले भने, ‘गठबन्धन तोड्न एमाले लगातार लागिपरेको सुचना प्रधानमन्त्री र गठबन्धनका शिर्ष नेतालारूले पाइसकेकाले उसका सबै अस्त्र फेल हुन्छन् ।’

उनका अनुसार एमाले अध्यक्ष ओली देउवा नेतृत्वको सरकार बनेदेखि नै गठबन्धन तोड्न यो वा त्यो योजनामा लागिपरेका छन् ।