बैशाखमै चुनाव गर्न कस्सियो सत्ता गठबन्धन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

बैशाखमै चुनाव गर्न कस्सियो सत्ता गठबन्धन



काठमाडौं- सत्ता गठबन्धनको बैठकमा स्थानीय चुनावको विषय टुंगिन सकेन। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा स्थानीय चुनावको मितिबारे छलफल भए पनि निष्कर्ष निस्कन सकेन।

स्थानीय चुनावबारे सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच मतैक्य हुन सकेको छैन।

बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई वैशाखमै स्थानीय चुनावका लागि मनाउने प्रयत्न भएको थियो। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफै चुनाव सार्ने पक्षमा रहे पनि कांग्रेसभित्र वैशाखमै चुनाव गराउनुपर्ने आवाज चर्को भएपछि दबाबमा छन्।

आजको बैठकमा माओवादी र समाजवादीलाई विश्वासमा लिएर वैशाखमा स्थानीय चुनाव गराउने पक्षमा परिस्थिति बन्ने गरी छलफल भएको बताइएको छ। बिहानको बैठकमा निष्कर्ष नआएपछि आजै फेरि बैठक बसेर टुंगो लगाउन सत्तासाझेदार दल तयार भएका बताइएको छ।