गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे छलफल - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

गठबन्धनको बैठक सकियो, मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे छलफल



काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल गरिएको बताइएको छ ।

सरकारले पूर्णता नपाउँदा आलोचित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो गठबन्धनका दलसँग मन्त्री बन्नेहरूको लिस्ट मागेका थिए। आजको बैठकमा पनि मन्त्रिपरिषद् विस्तारबाते छलफल भएको बताइएको छ ।

त्यसका अलावा बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) र सरकारलाई पूर्णता दिनेबारे छलफल केन्द्रित भएको नेताहरुले बताएका छन् । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारले सबै दलका शीर्ष नेताहरुसँग छलफल गरिसकेपछिको अवस्थामा बैठक बसेको हो ।

संसदको ठूलो दल नेकपा एमाले फुटेर त्यसका वरिष्ठ नेता माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि पनि सरकार विस्तार हुन सकेको छैन।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसहित जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागी थिए ।