गठबन्धनको निर्णायक बैठकमा गगन थापा पनि - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गठबन्धनको निर्णायक बैठकमा गगन थापा पनि



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनको बैठक चलिरहेको छ । एमसीसीका विषयमा निर्णय लिन बसेको गठबन्धनको निर्णायक बैठक अहिले जारी छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथी सत्तारुढ पार्टीका प्रमुख नेता सहभागी छन् । भोलि बोलाइएको संसद बैठकको पूर्वसन्ध्यामा गठबन्धनको निर्णायक बैठक बसेको हो । आजको बैठकले भोलि एमसीसी संसदमा टेबल गर्ने विषयमा टुंगो लगाउने बताइएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका नेताहरू छन् । कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता कृष्ण सिटौलालगायत वैठकमा छन् ।

माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ बसेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल छन् । यस्तै जसपाबाट डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठको सहभागिता छ । काठमाडौंबाहिर रहेका जसपा अध्यक्ष उपेन्द्र यादव वैठकमा छैनन् ।

सत्तारुढ गठवन्धनको राष्ट्रिय जनमोर्चाको भने प्रतिनिधित्व छैन । सो पार्टीकी सांसद दुर्गा पौडेलले आफूहरुलाई बैठकको खबर नआएको बताएकी छन् ।