महानगरको भागबण्डा केन्द्रबाटै गर्ने, बाँकीको जिम्मा स्थानीय तहलाई दिने निर्णय - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

महानगरको भागबण्डा केन्द्रबाटै गर्ने, बाँकीको जिम्मा स्थानीय तहलाई दिने निर्णय



काठमाडौं । सत्तारुढ दलहरू आसन्न स्थानीय तह निर्वाचन मा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्न सहमत भएका छन् ।

बालुवाटारमा आज बसेको गठबन्धनमा सहभागी दलको बैठकमा महानगरको विषयमा केन्द्रबाटै टुंग्याउने बाँकी तलैबाट गर्न दिने निर्णय गरिएको बैठकमा सहभागी नेकपा एसका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए ।

चुनावी तालमेलसम्बन्धी निर्णय गर्न संयन्त्र बनाइने पनि खनालले बताए ।

स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट अन्यका लागि तलै निर्णय गर्न दिने त्यसका लागि सबै दलको संयन्त्र बनाउने बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने भइयो’, नेता खनालले भने ।