सत्ता गठबन्धले बाँड्यो ६ ओटै महानगर: नेकपा एसले पनि पायो भाग
काठमाडौं। सत्ता गठबन्धनले ६ महानगरपालिकाको मेयरमा भागवण्डा टुंग्याएको छ।
सोमबार पोखरा महानगरमा कांग्रेस र नेकपा (एस) दुवैले दाबी नछाडेपछि गठबन्धनको सिट बाँडफाँट मिलेको थिएन। मंगलबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले काठमाडौं, ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र र वीरगञ्ज जसपा नेपाललाई दिने सहमति भएको छ।
बालुवाटारको गठबन्धन बैठकबाट ललितपुरका मेयर चिरबाबु मर्हजन बाहिँरिदा गठबन्धनबीच महानगरमा सहमति बनेको बताए।
गठबन्धन बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा र भरतपुरा स्थानीय कांग्रेस नेताहरूसँग छलफल गरेका थिए। देउवाले गठबन्धन जोगाउन भरतपुर र पोखरा छाडनुपर्ने भएकाले पार्टी निर्णय मानेर सहयोग गरिदिन आग्रह गरेका थिए।