माइक्रोसफ्टबाट बिल गेट्सले दिए राजीनामा - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

माइक्रोसफ्टबाट बिल गेट्सले दिए राजीनामा



एजेन्सी- माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट बिल गेट्सले राजीनामा दिएका छन्।

सामाजिक सेवामा सक्रिय रहने भन्दै माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट गेट्सले राजीनामा दिएका हुन्।

उनको राजीनामा पछि अब बोर्डमा १२ सदस्य रहने छन्। अब उनी प्राविधिक सल्लाहकारको रुपमा कम्पनीमा रहने बताइएको छ।

विश्वका धनी व्यक्ति गेट्सले अब स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तनका क्षेत्रमा बढी काम गर्न चाहेको माइक्रोसफ्टले जनाएको छ।

सन् १९७५ मा पाउल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका उनले सन् २००० सम्म माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए।